प्रधानमन्त्री प्रचण्डद्वारा गौरा पर्वको शुभकामना  « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा गौरा पर्वको शुभकामना 


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ‘गौरा पर्व’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज एक शुभकामना सन्देश जारी गर्दै  प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाइँदै आएको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा भनिएको छ– ‘हिमालय पर्वतीय शृङखला अन्तर्गत ऐतिहासिक रूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गौरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्ने छ भन्ने कामना गर्दछु।’

सन्देशमा गौराले सांस्कृतिक ओजलाई झनै बढाउने उल्लेख गर्दै यसबाट सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बन्ने बताइएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ४१ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको