गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी | Khabarhub Khabarhub

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

रसुवा– गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ ।

यही भदौ १४ गते जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा बढी  भक्तजन  नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन् ।

 तीर्थाटनका लागि फाट्टफुट्टरूपमा भक्तजन आउने क्रम सुरू भइसकेको र धार्मिकमार्गअन्तर्गत खन्ती, देउराली,  डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ ।

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले धार्मिकमार्गअन्तर्गत खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु,  पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताएका छन् ।

देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन् । गोसाइँकुण्डको तीर्थका लागि एक रात धुञ्चे अर्को दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ ।

उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जंगलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : ५९ बजे

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका

अनुदानले किसान पशुपालनतर्फ आकर्षित, दूध उत्पादन बढ्यो

तनहुँ– आर्थिक वर्ष २०८१-८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परे रास्वपा नेता कँडेल

रुपन्देही- नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण

पछिल्लो एक सातामा २११ जनामा डेंगुको संक्रमण, सङ्क्रमितको सङ्ख्या ३२ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ११ जनामा डेंगुको