गौरा पर्वले सामाजिक सद्भाव सुदृढ गर्छ : मुख्यमन्त्री शाह « Khabarhub

गौरा पर्वले सामाजिक सद्भाव सुदृढ गर्छ : मुख्यमन्त्री शाह


७ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन् ।

आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उनले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।

गौरा पर्वमा महिलाले निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् ।

जारी सन्देशमा भनिएको छ, ‘गौरा पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने र इष्ट कुल देवता प्रसन्न हुने जनविश्वास रहेको छ ।’ गौरा पर्वका अवसरमा प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  १२ : ५१ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको