बैतडीमा मंगलबार बेलुका विद्यालयबाट फर्केका शिक्षक घर आएनन्, चप्पल भेटियो, मान्छे बेपत्ता « Khabarhub

बैतडीमा मंगलबार बेलुका विद्यालयबाट फर्केका शिक्षक घर आएनन्, चप्पल भेटियो, मान्छे बेपत्ता


७ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय जयबहादुर बोहरा मंगलबार साँझदेखि बेपत्ता भएका हुन् ।

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

शिक्षक बोहरा बेपत्ता भएको प्रहरीलाई बुधबार साँझ मात्रै बोहराका दाजुले खबर गरेका थिए ।

बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडको छेउमा चप्पल भने फेला परेको प्रहरीले बताएको छ । बेपत्ता शिक्षक बोहराको खोजीको लागि प्रहरीको टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ६ : २४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो