कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकमा समृद्धि हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकमा समृद्धि हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् ।

गौरा पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजनामा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको भन्दै कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ मुलुकको समृद्धि सम्भव नरहेको बताएका हुन् ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदुरपश्चिम विश्वविद्यालयमा जोड दिएको र अहिले तेश्रो पटक प्रधानमन्त्री हुँदा गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको जिकिर गरे । उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । गौरा पर्वको तिथि किटान भए आफूले सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्ने घोषणा गरे ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने र यसबारे प्रधानमन्त्री पनि सकारत्मक रहेको जिकिर गरे । गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै नभइ मुलुकका साथै भारतका केही भागहरुमा समेत मनाइने गरेको उनले बताए । गौरा पर्व समग्र मुलुकको गौरवको विषय भएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवालगायतले देउडामा नाचगान गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा (पार्वती) को पूजा गरी मनाइने यस पर्वमा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : ३८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि