कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकमा समृद्धि हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकमा समृद्धि हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड


७ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् ।

गौरा पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजनामा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको भन्दै कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ मुलुकको समृद्धि सम्भव नरहेको बताएका हुन् ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदुरपश्चिम विश्वविद्यालयमा जोड दिएको र अहिले तेश्रो पटक प्रधानमन्त्री हुँदा गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको जिकिर गरे । उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । गौरा पर्वको तिथि किटान भए आफूले सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्ने घोषणा गरे ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने र यसबारे प्रधानमन्त्री पनि सकारत्मक रहेको जिकिर गरे । गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै नभइ मुलुकका साथै भारतका केही भागहरुमा समेत मनाइने गरेको उनले बताए । गौरा पर्व समग्र मुलुकको गौरवको विषय भएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवालगायतले देउडामा नाचगान गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा (पार्वती) को पूजा गरी मनाइने यस पर्वमा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ६ : ३८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२