महिनावारी हुँदा पेट किन दुख्छ ? | Khabarhub Khabarhub

महिनावारी हुँदा पेट किन दुख्छ ?


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

महिनावारीको समयमा धेरै महिलालाई पेट दुख्ने समस्या हुनसक्छ। महिनावारी हुनुअगाडि, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ। महिनावारी गडबडीले कतिपय महिलामा समस्या हुन्छ। सामान्यतः महिलाले आफ्नो कुरा गोप्य राख्छन्। महिनावारीको समस्याबारे पनि खुलेर बताउने वा कुराकानी नगर्ने हुँदा महिलाका स्वास्थ्यमा धेरै समस्या निम्तिन सक्छन्। महिनावारी हुँदा पेट किन दुख्छ ? पेट दुख्दा के गर्ने लगायतका विषयमा आधारित रहेर डा. विनयराज भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

महिनावारीमा समस्या किन हुन्छ ?
सुरुमा महिनावारी हुने अवस्थालाई मेडिकल भाषामा मेनआरपी भनिन्छ। पछिल्लो समय ९ देखि १४ वर्षको उमेरमा नै महिनावारी सुरु हुनेगर्छ। महिनावारी भएपछि कति मात्रामा ब्लिडिङ हुन्छ। अरु केही समस्या छ कि छैन भनेर त्यो सबै थाहा हुनुपर्छ। कतिपय अवस्थामा पहिले पेट दुख्ने र ब्लिडिङ भएपछि कम हुनेगर्छ।

यस्तो अवस्थालाई सामान्य मानिन्छ। यसलाई प्राइमरी डिस्मनेरिया पनि भनिन्छ। त्यही पक्रियाअनुसार पेट दुख्ने हो। महिनावारी पनि यसै प्रक्रिया अनुसार हुन्छ। कसैलाई पहिलो दिनमा पेट दुख्दैन। तर दुई तीन दिन वा जहिलेसम्म महिनावारी हुन्छ, त्यति बेला दुख्ने गर्छ। पाठेघरको छेउछाउ वा पाठेघर भित्र केही समस्या भएको अवस्थामा यस्तो हुनेगर्छ। यस्तो बेला हामीले चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।

पेट दुख्ने कारण के हो ?
पेट दुख्ने हर्मोनकै गडबडीले गर्दा हो। दोस्रो र तेस्रो दिनको दुखाईमा केही समस्या नभए पनि कसैलाई धेरै ब्लिडिङ हुने, कसैलाई कम हुने, कसैलाई रगतको क्लट (चोक्टा) आउने हुन्छ। रगतको क्लट आउँदा पाठेघर खुम्चिएर दुख्ने हुन्छ। महिनावारीको पहिलो दिन दुख्ने हुन्छ। दुखाई सबै महिलामा एउटै हुन्छ। यसलाई प्राकृतिक नै मान्नुपर्छ। तर कसैले सहन नसकेर अस्पताल गएर इन्जेक्सनसमेत लगाउनुपर्ने अवस्था आउनसक्छ। कसैलाई नियमित महिनावारी भएको छ। तर धेरै रगत गएको छैन भने सामान्य र राम्रो मानिन्छ। उहाँहरूको हकमा दुखाई कम भएको देखिन्छ।

समयमा महिनावारी भएन भने धेरै रगत जाने हुन्छ। त्यस्तोमा पेट दुख्ने समस्या बढी देखिन्छ। पाठेघरमा मासु पलाएको, रगत र पानीको फोका जम्मा भएको अवस्थामा यो समस्याले दुःख दिन्छ।

यदि धेरै दुखेको छ। आफ्नो काममा असर गरेको छ भने अस्पताल गएर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नु राम्रो हुन्छ। तर आफैले मेडिकलमा गएर बिना जाँच कुनै पनि औषधि भने खानु हुँदैन। यसो गर्दा समस्या बढ्नसक्छ।

के कारणले सहनै नसक्ने दुखाई हुने हो ?
कसैको पाठेघर ठुलो भएर पनि सहनै नसक्ने गरी पेट दुख्नसक्छ। यसलाई हामी एडिनोमायासिस भन्छौं। पाठेघरभित्र मसलमा ग्लान्ड छिरेर दुखाई हुनसक्छ। ब्लिडिङ हुने प्रोसेसमा झर्नुपर्ने ठाउँमै मासुहरू पलाएको रहेछ भने समिकोजल मम्यामा, इन्ड्रोमिजल पोलिस भन्ने गर्छौ।

यस्तो समयमा पनि सिभिएर दुखाई हुनसक्छ। कसैलाई ओभरीमा डार्क ब्लड जम्मा भएको छ भने त्यसलाई हामी इन्ड्रोमेट्रिओमा भन्छौं। अहिलेको समयमा यो धेरै सामान्य पनि भएको छ। पेट दुखाईलाई सामान्य रूपमा नलिएर चिकित्सकको परामर्श लिनुपर्छ।

घरैमा बसेर कुनै सामान्य औषधि खान नमिल्ने हो ?
एक पटकको महिनावारीको दुखाई सामान्य हो भन्ने लाग्छ भने आफैले किनेर खाने मेफामेनिक एसिड खान सकिन्छ। एक दिनमा आठ घण्टाको फरकमा तीन वटासम्म खान सकिन्छ। सकेसम्म कम डोज खानुपर्छ। जुन दिन बढी दुख्छ, त्यतिबेला मात्र खानुपर्छ। औषधि सेवन गर्दा झोल बढी भएको खाने कुरा धेरै खानुपर्छ। जसले गर्दा मिर्गौलामा असर गर्न पाउँदैन।

दुखाई कम गर्न के गर्न सकिन्छ ?
हामीले व्यायामसँगै खानपानमा समेत विशेष ध्यान दिनुपर्छ। तौल धेरै छ भने हर्मोनमा गडबडी हुनसक्छ। त्यसको लागि आफ्नो तौल नियन्त्रण गर्नुपर्छ। खाने कुराहरूमा पनि बाहिरको खानेकुरा, जकं फुड धेरै नखाने, फलफूल, तरकारी, प्रोटिनयुक्त खाना धेरै खाने गर्नाले पनि समस्या कम हुन्छ। पेट दुखेको अवस्थामा आराम गर्नुपर्छ। प्रर्याप्त मात्रा तातो पानीहरु खाने गर्नुपर्छ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ०६ बजे

श्रीलंकाले पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

कोलम्बो– श्रीलंकाले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम

गृहमन्त्रीसमक्ष इप्पानको माग : ऊर्जा सुरक्षा नीति बनाऔँ

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार

भारत– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात