प्रधानमन्त्री दाहाल चिनियाँ उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल चिनियाँ उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त

आज नेपाल–चीन बिजिनेस समिटलाई सम्बोधन गर्ने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताव्यापी भ्रमणका लागि हिजो चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । 

बेइजिङमा आज हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेका छन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

आज नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन् । भोलि नै प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ ।

उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे प्रधानमन्त्रीले जानकारी लिने छन् ।

प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा पनि जाने कार्यक्रम छ ।

तिब्बतमा रहँदा उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्य तालिका रहेको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भएर न्यूयोर्कबाट हिजो बिहान हाङ्चाउ सहरमा अवतरण गरेका थिए ।

प्रधानमन्त्री दाहाल सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए।

हाङ्चाउमा नै प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए भने । हिजो नै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ५२ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा