नाइजेरियामा इन्धन डिपोमा आगलागी हुँदा ३४ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुँदा ३४ जनाको मृत्यु


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया– नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागीपछि भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।

एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारीले जनाएका छन् ।

बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए । 

दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको जानकारी दिए । 

उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अवैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए। डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी पुगेका थिए ।

नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो । त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : १४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज