एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ  | Khabarhub Khabarhub

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ 


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले खेलाडीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिएका थिए । 

यही असोज १० गते मंगोलिया र असोज १४ गते माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर पाउने छ ।

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव,  प्रतिश जिसी र अविनाश बोहरा छन् । ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।

यता, सन्दप लामिछाने टोलीमा समावेश भए पनि उनीविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएकाले उनी भोलिमात्रै त्यसतर्फ जाने बुझिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ११ : १९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको