कर्णाली सरकारले पर्यटकीय नमुना बस्ती निर्माण गर्दै « Khabarhub

कर्णाली सरकारले पर्यटकीय नमुना बस्ती निर्माण गर्दै


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ ।

आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । सङ्घीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गरिने जनाइएको छ ।

त्यसअन्तर्गत सङ्घीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको छ । 

नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।

यस्तै सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रुपमा थप विकास गर्नेगरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ ।

नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार)मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ भने त्यहाँ नमुना बस्ती निर्माण गरिने जनाइएको छ । त्यसका लागि १८ करोड बजेट विनियोजन गरिएको छ ।

यसैबीच प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउने गरी काम थालनी हुने दाबी गरेको छ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारका मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ । 

प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि भवनसँग सम्बन्धित कानुन, संहिता तथा मापदण्ड तर्जुमा कार्य सुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यस वर्ष दश अर्ब एघार करोड ४२ लाख विनियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १२ : ५४ बजे

महाकाली पारिका मेयरलाई प्रश्न- सीमावर्ती नेपाली कस्तो जीवन बाँचेका छन् ?

राष्ट्रिय गानले समेत मेची-महाकालीलाई देशको सीमा ठान्छ । आम नागरिकले

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

खोटाङ– साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न

कुलमानको पहल : हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने सूचना सार्वजनिक

काठमाडौं – ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको पहलमा हेटौंडा

बजार अनुगमन तीव्र पार्दै विभाग

काठमाडौं– वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा

बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

तनहुँ– पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको