सर्लाहीलगायत मधेसका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सर्लाहीलगायत मधेसका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुर्‍याउने काम भइरहको भन्दै उनले यस विषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले धार्मिक संगठनको बैठक बोलाएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै वैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्ध रहेको बताए ।

त्यस्तै, उनले सुन तस्करी लगायतका भ्रष्टाचार प्रकरणको गहिराईमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले असम्बन्धित विषयमा पनि समितिमा आफुलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरे ।

त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा सरकारको ध्यनाकर्षण गराएका थिए ।

बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताए । उनले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताए ।

त्यस्तै समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै उनले प्रधानमन्त्रीको दबाबमा सेनाका सहायक रथि यमबहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : १२ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन