माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका घर भई हाल ललितपुरको भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडु रहेका छन् ।

उनले कुम्भराज जोशीसमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछी होटेलमा मा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुबाट पटक पटक गरी १३ लाख १५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकाले उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्रचार गरेसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : ५३ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा