भन्सार छलेर ल्याएको मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

भन्सार छलेर ल्याएको मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुर प्रहरीले भन्सार छलेर ल्याएको ८ सय ५५ बोतल मदिरासहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गत शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेका छन् । पक्राउ परेकाहरूलाई बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : १९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय