नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ « Khabarhub

नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण वडा न १० का जागा चौधरी रहेका छन् । उनलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथमा भारतीय आधार कार्ड, नेपाली नागरिकता, नेपाली नागरिकता प्रयोग गरि लिएको सवारी चालक अनुमती पत्र फेला पारेको जनाएको छ ।चौधरीको अहिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत रहेको छ ।

वि.स २०६३ सालमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको मौकामा चौधरीले झुट्टा विवरण पेश गरी नागरिकता लिएको प्रहरीको आरोप छ । चौधरीविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा