हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

भोजपुर – कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो ।

विसं २०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।

फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए । बुद्धिबहादुरको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : ३४ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन