अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा « Khabarhub

अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जोहन्नेसबर्ग- अफ्रिकी महादेशमा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत वर्ष चीनले अफ्रिकामा १ अर्ब डलरभन्दा कम ऋण प्रवाह गरेको छ ।

अफ्रिकाका विभिन्न मुलुकले चिनियाँ ऋण तिर्न संघर्ष गरिरहेको र चीनको घरेलु अर्थतन्त्रमा समस्या देखिएका कारण अफ्रिकामा चीनको ऋण प्रवाह घटेको विश्लेषण गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत चीनले अफ्रिकामा ठूलो मात्रामा ऋण लगानी गर्दै आएको थियो ।

बोस्टन विश्वविद्यालयको चिनियाँ अध्ययन केन्द्रको रिपोर्टअनुसार चीनले सन् २००० देखि सन् २०२२ सम्म १ खर्ब ७० अर्ब अमेरिकी डलर ऋण प्रवाह गरेको थियो । सन् २०१६ मा अफ्रिकामा चिनियाँ ऋण प्रवाह उत्कर्षमा पुगेको अध्ययन केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

सन् २०२१ मा चीनले अफ्रिकामा १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेको थियो । गत वर्ष भने यो सम्झौता ९९ करोड ४० लाख डलर बराबर रहेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : ५४ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा