अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा | Khabarhub Khabarhub

अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जोहन्नेसबर्ग- अफ्रिकी महादेशमा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत वर्ष चीनले अफ्रिकामा १ अर्ब डलरभन्दा कम ऋण प्रवाह गरेको छ ।

अफ्रिकाका विभिन्न मुलुकले चिनियाँ ऋण तिर्न संघर्ष गरिरहेको र चीनको घरेलु अर्थतन्त्रमा समस्या देखिएका कारण अफ्रिकामा चीनको ऋण प्रवाह घटेको विश्लेषण गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत चीनले अफ्रिकामा ठूलो मात्रामा ऋण लगानी गर्दै आएको थियो ।

बोस्टन विश्वविद्यालयको चिनियाँ अध्ययन केन्द्रको रिपोर्टअनुसार चीनले सन् २००० देखि सन् २०२२ सम्म १ खर्ब ७० अर्ब अमेरिकी डलर ऋण प्रवाह गरेको थियो । सन् २०१६ मा अफ्रिकामा चिनियाँ ऋण प्रवाह उत्कर्षमा पुगेको अध्ययन केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

सन् २०२१ मा चीनले अफ्रिकामा १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेको थियो । गत वर्ष भने यो सम्झौता ९९ करोड ४० लाख डलर बराबर रहेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : ५४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका