भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा फलदायी हुन्छ : गणेश तिमिल्सिना « Khabarhub

भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा फलदायी हुन्छ : गणेश तिमिल्सिना


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागलुङ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै कार्यान्वयनमा सहजता आउने बताएका छन् । उनले भूगोलअनुसार, जनसङ्ख्याको अनुपात हेरेर मात्रै बजेट दिँदा योजना सफल भएको बताए ।

बागलुङ नगरपालिकाले आज आयोजना गरेको बागलुङ नगरपालिकाको विकास र भावी योजनाको विषयमा आयोजित नगरस्तरीय अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले सङ्घीयता व्यवहारमा कार्यान्वयन आए पनि योजना निर्माणमा सङ्घीय सरकारको अंकुश अझै कायम रहेको बताए ।

उनले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै उक्त योजना सफल हुने भन्दै टुक्रे बजेटमा सङ्घीय सरकारको ध्यान दिएको बताए । उनले एउटै प्रकृतिका सङ्घ र प्रदेशका दुई वटा कार्यालय जिल्लामा आवश्यक नरहेको बताए । उनले बजेटको सीमा तोकेर कार्यान्वयन गर्न सकेमा मात्रै योजना सफल हुने र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने बताए ।

“कम्तीमा ५० करोड माथिको योजना सङ्घका, १० करोड माथिका योजना मात्रै प्रदेशले हेर्ने हो भने स्थानीय तहमा साना योजना र धेरै बजेट आउँछ, काम गर्न सहज हुन्छ”, अध्यक्ष तिमिल्सिनाले भने, “ससाना बजेटमा सङ्घीय सरकारको ध्यान पुग्दा कार्यान्वयनमा समस्या सिर्जना भइरहेको पाइन्छ, कतिपय कानुन निर्माणको अभावमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन समस्या भइरहेको छ, सङ्घ सरकारसँग नबाझिने गरी कानुन निर्माण गरेर स्थानीय सरकार सबल बन्न सक्छ ।”

उनले बागलुङ र पर्वत जोड्ने लामा झोलुङ्गे पुलले बजारीकरण र पर्यटनमा टेवा पु¥याएकोे बताए । उहाँले विकास निर्माणमा पार्टी, व्यक्ति र क्षेत्र हेर्न नहुने बताए । उनले विकास निर्माणमा समानता हुन आवश्यक रहेको बताउँदै जनताले स्थिर सरकार खोजेको बताए । बागलुङ नगरपालिकाले नगरका समस्या र भावी विकास निर्माणको विषयमा राष्ट्रियसभाका अध्यक्षसँग आठ बुँदे मागपत्र बुझाएको छ ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको जग्गा व्यवस्थापन, भवन निर्माण र दब्ल्याङको पहिरोको समस्यालगायत विषयमा आठ बुँदे मागपत्र बुझाएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : ०५ बजे

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका