मरिचको लतले फेरेको जीवन | Khabarhub Khabarhub

मरिचको लतले फेरेको जीवन


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एड कुरीको एउटा अचम्मको आदत छ। उनको जीवन नै कालो मरिचसँग जोडिएको छ। खाने, सुत्ने र जिउने सहारा नै उनको कालो मरिच छ। बिहान उठ्ने बित्तिकै उनले कफीमा उनले मरिचको तेल हाल्ने गरेका छन्। आफूले त पिउने नै भए। यसैको भरमा जिन्दगी बिताउने उनले व्यवसायको रूपमा पनि राम्रो सफलता पाएका छन्।

दिनभर यस्तै मरिचको पिरोको साथमा दक्षिणी क्यारोलीनामा भएको कम्पनी पकेट बट पिपर कम्पनीमा बिताए पछि रातको समयमा डिनर पनि उनको मरिचको साथमा नै हुने गर्छ। उनले यस्तै मरिचको सहारामा चकलेट पनि निर्माण गर्ने गरेका छन्।

‘म दिन भरी मरिचको उपयोग गर्छु। यदि मैले खाने डिजर्टमा पनि मरिच उपयुक्त हुन्छ जस्तो लाग्छ भने म त्यसमा मरिच राख्ने गर्छु,’ उनले भने।

उनले नयाँ मरिच जन्य डिजर्टको सोच पनि बनाएका छन्। मरिचका पारखी उनका लागि उनकै उत्पादन पिपर एक्स यस साता गिनिज बुक अफ वर्ल्ड रेकर्डले संसारकै पिरो मरिचको रूपमा स्थापित गरेको छ।

त्यत्तिकै मरिच सेवन त उनका लागि पनि कठिन हो। उनी अन्य केहीमा मिसाएर खाने गर्छन्। केहीमा पनि नमिसाई खाएमा त उनलाई पनि पोलेर असह्य नै हुने गर्छ। उनले शरीरका अनुभवले नै यस्तो भएको बताएका छन्।

‘यो नौलो आदत पनि एक किसिमको उत्साहपूर्ण छ। सायद मस्तिष्कमा रहेको एक किसिमको हार्मोनले यसको विकास गर्छ,’ यसरी मरीच सेवन गरेर पोली रहको समयमा कसैले उनीसँग हात मिलाएर दुखाइ कम गर्ने चाहना राख्छन्। तर, त्यस कार्यले तातोपनलाई अझ बढाउने र अझ असह्य हुने गर्छ।
जब हात खुम्चिन्छ तब उनलाई त्यस समयमा त झन् शरीरमा विष नै पैदा भएको अनुभव हुन्छ। उनको अचम्मको बानी के छ भने मरिचले पोलेर एकदमै छटपटाएको केही समयपछि पनि उनी फेरि त्यसै मरीचको सेरोफेरोमा पुग्ने गर्छन्।

यसरी मरिचका परिकारका समय समयमा बनाइ दिने काम गरेकोमा उनी पत्नी लिन्डालाई भने धन्यवाद दिन चाहन्छन्। यसको आफ्नै खालको कथा छ। लामो समय लागूऔषध र मदिराको कुलतमा फसेपछि उनको लिन्डासँग भेट भएको थियो।

लिन्डाले उनलाई त्यस्तो केही पनि आदत नभए हुन्थ्यो भन्ने चाहना राख्ने गरेकी थिइन्। उनी लिन्डालाई साल्सा मनपर्छ भन्ने थाहा पाएपछि साल्सासहित डिनरका लागि तयार भइन्। लिन्डा पनि साल्साले मोहित भए। त्यसको नौ महिनापछि उनीहरू विवाह बन्धनमा बाँधिएका थिए।

उनले आफ्नै घरको करेसामा एक हजार एक सय गोलभेँडा र मरिचको बिरुवा रोपेर कम्पनीको सुरुवात गरेका थिए। त्यो बढाएर ३३ हजार पुगेको छ। ‘त्यो सोख होइन, त्यो जुनुन हो,’ आफ्नो लगावका बारे उनले भने।

आफ्ना केही साथीलाई हट ससेज बनाएर चाख्न दिए पछि उनले यसको व्यावसायिक लाभको बारे पनि सोच्न थाले। यसै सोचाइले उनीहरूको जीवनमा नयाँ परिवर्तन ल्याएको हो। अहिले उनीहरूले चलाएको कम्पनी अमेरिकाको सबै भन्दा ठुला हट ससेज कम्पनी पनि बनेको छ।

यसै कम्पनीका कर्मचारी टम चिप्सको विचारमा त उनको मालिकसँगको काम साँच्चै रमाइलो हुने गर्छ। एदको जीवनको लक्ष्य नै फरक भएको छ। उनको लक्ष्य भनेको मानिसहरूलाई साँचो सहयोग गर्ने नै हो।

कुनै समय खराब लतमा फसेका उनी अहिले त्यसरी लतमा भएका अन्यलाई छुटाउनका लागि प्रयासरत छन्। आफ्नो सम्पर्कमा रहेका ९० प्रतिशतलाई लतबाट छुटाउन उनी सफल पनि भइसकेका छन्। यसरी मरिच प्रतिको उनको लगावले उनलाई नयाँ जीवन दिएकोमा सबै जना कर्मचारीसमेत सहमत छन्। आफ्नो बोसको लगावले कर्मचारीलाई समेत आश्चर्यमा पारेको छ।

एक्स पिपर भन्दा अघि संसारमा सबै भन्दा पिरो मरीचको रूपमा हाबेनेरो मरिच रहेको थियो। एक्सका गेडा भन्ने विक्री गरिने प्रचलन छैन। यसलाई धुलो बनाएर नै बेच्ने गरिन्छ। यी द एड र लिन्डाले भने बारम्बार दक्षिणी क्यारोलीनामा रहेको यस मरिच कम्पनीको उत्पादन र यसको व्यावसायीक फड्कोको कारण आफ्ना कर्मचारी नै भएको बताइ रहेका छन्।

यो मरिचले २६ लाख ९३ हजार स्कोभील हिट युनिट पिरो उत्पादन गर्ने उनीहरूको ठहर छ। यसअघि उनीहरूले क्यारोलीन रिपरको उत्पादन गर्ने गरेका थिए। त्यसमा पिरोको मात्रा १६ लाख ४१ हजार १ सय ८३ स्कोभिल युनिट हुने गरेको थियो। यो नयाँ मापन इकाइको प्रचलन सन् १९१२ मा औषधि विज्ञ विल्भर स्कोइलले गरेका थिए।

यस मरिच धेरै पिरो हुनका लागि उनले जमिनको व्यवस्थापन नै सोही ढङ्गले गरेको जनाइएको छ। यसको प्रयोग गर्नेले तीन या चार घण्टा पिरो भएको महसुस गरेका छन्। एक उपभोक्ताले सो मरिचको सेवन गरेपछि एक घण्टा मार्बलमा बसेर बिताएको बताएका छन्। मरिचको माग अन्यत्र समेत पुगी सकेको छ।

अहिले यसले कानुनी बहससमेत निम्त्याएको छ। धेरै क्षेत्रमा विना कारण यसको लोगोसमेत अन्यले प्रयोग गर्ने गरेका छन्। यस कम्पनीले अझै यसको बिरुवा पनि बाहिर नल्याउने जनाएको छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ९ : ३६ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै