नेपाल प्रहरी र सशस्त्रले आज काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने « Khabarhub

नेपाल प्रहरी र सशस्त्रले आज काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले विजयादशमीको दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको टीका ग्रहणका लागि आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुने छन् । 

बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, नयाँ बसपार्क, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, जावलाखेल, थापाथली, माइतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनःनक्शालसम्म सेवा दिने छ ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यविनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्सालसम्म सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।
यसैबीच, नेपाल प्रहरीले पनि आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ६ : ५१ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको