क्रिकेट

एसीसी यू–१९ प्रिमियर कप फाइनल : यूएईविरुद्ध नेपाल ब्याटिङमा

By खबरहब

October 24, 2023

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र युएई खेलिरहेका छन् । 

मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेपछि यूएईले फिल्डिङ गरिरहेको छ । 

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लुइस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लुइस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन यूएईलाई हराउँदै उपाधि जित्न चाहन्छ । 

नेपालले समूह चरणमा इरान, बहराइन र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो भने यूएईले चीन, ओमान र कतारलाई हराएको थियो ।