सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते « Khabarhub

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । 

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी–मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । सुमो चालक बाराको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र  घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १० : ०३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर