सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते | Khabarhub Khabarhub

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । 

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी–मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । सुमो चालक बाराको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र  घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १० : ०३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु