बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे « Khabarhub

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

टाकुरेविसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्‍यो । धेरै घर भत्किए । मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए। 

जिल्लाको इनद्रावती गाउँपालिका-४, टाकुरेमा भने भौतिक क्षति भएपनि मानवीय क्षति भएन । मानवीय क्षति नहुनुको कारण त्यस गाउँलाई ३०० वर्षदेखि बालादेवीले रक्षा गरिरहेको अगाध विश्वास टाकुरे गाउँवासीमा छ । 

करिब १०० घर रहेको गाउँमा ब्राह्मण, क्षत्री र तामाङ समुदायको बसोवास रहेको छ । यहाँका स्थानीयवासीले सयौँ वर्षदेखि गाउँको टाकुरामा रहेकी बालादेवीलाई इष्टदेवीका रुपमा मान्दै आएका छन् । बालादेवीस्थानमा प्रत्येक वर्षको आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष पूजा, आराधना हुने गरेको छ । 

गाउँवासीलाई बालादेवीले रक्षा गरेकैले भूकम्पका बेला मानवीय क्षति नभएको पूर्व वडा सदस्य दयाकुमारी मिश्रले बताइन् । टाकुरेसँगै जोडिएको बिमिरे, शिखरपुर, डुँडे, डँडुवाखर्कनवलपुरलगायत गाउँमा घर भत्किएर मानवीय क्षति भएको थियो । टाकुरेका स्थानीयवासी भने बालादेवीको दर्शन एवं पूजा, आराधना गर्ने भएकाले भौतिक क्षति भएपनि मानवीय क्षति नभएको उनको विश्वास छ ।

‘घर भत्कँदा भित्रै परेका मानिसलाई पनि केही नभई सकुशल उद्धार गर्न सक्नुले बालादेवीको दर्शन गर्नेलाई रक्षा गरेको विश्वास यस क्षेत्रमा बढ्न थालेको छ,  यो विश्वासपछि वरपरका अरु गाउँबाट पनि मन्दिर आउने दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ, भूकम्पपछि नै गाउँपालिकाको बजेटले मन्दिर क्षेत्रमा जाने सिँढी निर्माण गरिएको छ, बालादेवी सामुदायिक वनमा रहेको देवी मन्दिरलाई आकर्षक धार्मिक स्थलका रुपमा विकास गर्न लागिपरेका छौँ’–पूर्व कार्यवाहक वडाअध्यक्षसमेत रहेकी मिश्रले भनिन् ।

 भूकम्पका बेला मन्दिरमा पूजा, आराधना र दर्शनका लागि जाने मानिसको मात्र क्षति भएन । भौतिक संरचनाका कारण पशुधन भने क्षति भयो । पशु देवीस्थानमा दर्शनका लागि नजाने गरेकाले क्षति भएको रुपमा टाकुरेवासीले विश्लेषण गर्ने गरेका छन् । अग्लो स्थानमा रहेको बालादेवीस्थानबाट इन्द्रावती नदी, नदी तटका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, नगरकोटलगायत आकर्षक एवं रमणीय स्थलको अवलोकन गर्न पनि सकिन्छ । 

टाकुरेवासीले पुर्खौँदेखि बालादेवीलाई विशेष रुपमा मान्ने गरेका छन् । गाह्रो, साह्रो पर्दा देवीकै नाममा भाकल गर्ने गरिएको छ । पुस्तौँदेखि बालादेवीको गाथा सुन्दै आएको पण्डित विश्वनाथ कोइरालाले बताए । पिता, पुर्खाबाट बालादेवीको महत्व सुन्दै आएपनि यस विषयमा आधिकारिक शिलालेख वा प्रामाणिक कागजात भने अहिलेसम्म नपाइएको उनले सुनाए । यससम्बन्धी थप खोज, अनुसन्धानको आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

 बालादेवीको पश्चिम, दक्षिण र उत्तरतिर टाकुरे गाउँ फैलिएको छ । गाउँको शिरमा देवीको मन्दिर स्थापित छ । बालादेवीको केही मुनि पानीको ट्याङ्कीसँगै शिलामा अर्की देवी विराजमान भएको विश्वासमा स्थानीयवासीले पूजा, आराधना गर्ने गरेका छन् । जसलाई कालिकादेवीको नाम दिइएको छ ।

यहाँ रहेको ठूला ढुङ्गालाई स्थानीयवासीले ३०० वर्षदेखि बालादेवीका रुपमा मान्दै आएका छन् । ठूलो ढुङ्गामुनि देवीको स्वरुपमा अरु शिला राखिएको छ । जसलाई स्थानीयवासी र श्रद्धालु भक्तजनले साक्षात् बालादेवीका रुपमा मान्ने गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १ : ५७ बजे

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व

प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको