सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण « Khabarhub

सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद  ग्रहण गरेका छन्। 

मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

टीका ग्रहणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

उनले लेखेका छन् ‘असत्यमाथि सत्य, अन्यायमाथि न्याय, खराबमाथि असल र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवको रूपमा मनाइने विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ! यस विजया दशमीले हामी सबैलाई हाम्रो समाज र मुलुकमा सत्य, न्याय र असलका पक्षमा लाग्न नयाँ जोश, जाँगर र उत्साह थपोस्!’

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १ : ४६ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो