खड्गसहित तलेजुको घोडे जात्रा मनाइँदै « Khabarhub

खड्गसहित तलेजुको घोडे जात्रा मनाइँदै


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– दसैँको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दसैँको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझबाट भक्तपुरमा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। 

नेपाल संवत् ४४३ पौष शुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा शुरु भएको हो । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि रातिबाट सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले बताए।

तलेजुका मूल नाईके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास छ ।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइन्छ । विजयादशमी एक दिन चन्द्रमासको गतिअनुसार तलेजु भवानीको मन्दिरमा नवदुर्गा भवानीलाई खड्ग अर्थात पायःदयो प्रदान गरी जात्रा गरिन्छ । यसैलाई खड्ग अर्थात पायःद्यो जात्रा भन्ने गरिन्छ ।

राति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडि तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडि नवदुर्गा भवानी गण ल्याउने गरिन्छ । सेतो घोडा तलेजु भवानीको बाहन भएकाले तलेजु भवानीको अगाडि यो घोडा ल्याउने चलन छ ।

खड्ग जात्रा गरी दरबार क्षेत्र र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गराइन्छ । त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ । प्रत्येक वर्षको विजयादशमीको राति ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ ।

देवतासहित नगरको माथिल्लो भेगमा घोडालाई लैजाँदा दरबार क्षेत्रबाट दत्तात्रय, तौमढीहुँदै नारायणचोकसम्म माथिल्लो भेगको परिक्रमा गरी गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुर्याइन्छ भने तल्लो भेगको परिक्रमा गर्दा दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोक गहिती स्थित सांभुङ्ग भैरवबाटै दरबार स्क्वायर पुर्याउने परम्परा छ । 

भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै भएकाले जात्रा मनाउँदा तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहन हो भनी लैजान्छिन् भन्ने मान्यता अनुसार जात्रा तचपालबाटै तलतिर फर्काउने प्रचलन छ । घोडालाई दरबार क्षेत्रको तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ ।

त्यस्तै मध्यपुर थिमीमा पनि आज राति खड्ग अर्थात ःदयो जात्रा मनाउने गरिन्छ । थिमिको लायकुबाट सुरु हुने यस जात्रामा मल्लकालीन सैनिक पोशाक र मल्लकालीन हातहतियारसहित बालकुमारीदेखि दिगुटोलसम्म प्रदर्शन गर्ने गरिन्छ ।

यो जात्रालाई स्थानीय भाषामा ‘खाँ पिहावइगु’ वा ‘भुइ फसि पालिगु’ जात्रा भन्ने गरिन्छ । यसलाई हतियार प्रदर्शन गर्ने जात्राको रुपमा मानिदै आएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ३ : १६ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ