चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने « Khabarhub

चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्नुहुने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ । 

उनको भ्रमण आगमी महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीच सम्भावित बैठकभन्दा अघि हुन गइरहेको छ । 

अधिकारीहरूका अनुसार विदेशमन्त्री वाङले अक्टोबर २६ देखि २८ सम्म अमेरिकी राजधानी वासिङ्टन डिसीको आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्नेछन् । 

यद्यपि वाङले आफ्नो अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे अधिकारीहरूले केही उल्लेख नगरेको सीएनएनले बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई ‘जुनमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको बेइजिङ भ्रमणपछिको एउटा पारस्परिक भ्रमण’ भएको एक चिनियाँ अधिकारीले बताएका छन् ।

सीएनएनका अनुसार अमेरिका र चीनबीच तनाव बढिरहेको छ तर बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ । 

वाङको भ्रमण यस्तो समयमा हुन गइरहेको छ जतिबेला अमेरिकाले आतङ्कवादी समूह हमाससँग जारी युद्धमा इजराइललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको छ । 

‘वाङको यो भ्रमण विभिन्न मुद्दामा चीनसँग सञ्चारको खुला च्यानलहरू कायम राख्ने जारी प्रयासको एउटा हिस्सा हो’, चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले भनेको छ । 

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस-स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्ध र उत्तेजक उत्तर कोरिया’ लगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : ०२ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार