नेपालगञ्जमा दशहरा मेला : आज रावण बध गरिँदै « Khabarhub

नेपालगञ्जमा दशहरा मेला : आज रावण बध गरिँदै


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ ।  

रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको १५६औँ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिनेछ । रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको आजको कार्यक्रम दिउँसोदेखि शुरु भएको छ । 

आज साँझ रावणको बधपछि राति १० बजेदेखि रातभर रामलिला मञ्चन गरिने आयोजक रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए। उनका अनुसार भारतको बृन्द्राबनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ । 

भोलि भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न छिमेकी मुलुक भारत समेत सर्वसाधारण आउने गर्दछन् ।  

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न प्रदर्शनी कक्ष समेत राखिएका छन् । महोत्सवका अवसरमा सडक झिलिमिली पारिएको छ भने शान्ति सुरक्षा सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।  

डेढ सय वर्षभन्दा अघिदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सीता स्वयम्वर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकदहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रर्दशन भइसकेको समितिका सदस्य भरतकिशोर बैश्यले बताए । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : ४५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा