लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै « Khabarhub

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – विगतका वर्षहरूमा लिम्बू समुदायको दसैँ मार हन्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र सुरु भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ ।

विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूको दसैँ मान्ने संस्कृति पनि लोपहुँदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दसैँपर्व मनाउने गरेको पाइन्छ ।

हालधर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भावतथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन् । गैर हिन्दू अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दसैँ पर्व दहीअक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् । सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले–पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् ।

हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दसैँ मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ । आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दसैँपर्व टीकाको दिन आफूभन्दा सानालाई दहीअक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दसैँपर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दसैँ सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् ।

किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दसैँ मनाउन र टीका लगाउन बाध्य बनाइएको बताए ।

राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दसैँ नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दसैँमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ ।

सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् ।

लिम्बूलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दहीअक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दसैँ मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताए। पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दसैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ८ : २४ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका