भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने « Khabarhub

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।

गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए। उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएकोसमेत बताए । 

‘केन्द्रका कर्मचारी तथ्यांक संकलनमा रहेकाले तथ्यांक आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ’, मन्त्री बस्नेतले भने । भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ५४ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती