हमास आक्रमण, बन्दी रिहाइ र शान्तिको पहल | Khabarhub Khabarhub

हमास आक्रमण, बन्दी रिहाइ र शान्तिको पहल


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

७ अक्टोबरमा हमासले आक्रमण गरे पछि बन्दी बनाइएका २ सय ५० जनालाई रिहाइ गर्नका लागि भिन्न सेल नै गठन गरिएको थियो। अमेरिकी उच्च अधिकारीका अनुसार स्पाई मास्टरका साथै चार देशको समन्वयका कारण पाँच साता लामो प्रयासका कारण सफलता मिलेको छ। चार दिन युद्ध विराम गरेर ५० तथा महिला तथा बाल बालिकासहित १ सय ५० लाई रिहा गर्न हमास र इजरायल सहमत भएका छन्।

यो रिहाइमा कतारको सबै भन्दा महत्त्वपूर्ण भूमिका थियो। दोहाबाटै अमेरिकामा सम्पर्क गर्ने र प्रयासको सुरुवात गर्ने काम भएको थियो। दोहाकै हमाससँग पनि सम्पर्क थियो। यस काममा इजिप्टको पनि अत्यन्त सहयोगी भूमिका रहेको थियो।

२३ अक्टोबरमा पहिलो ‘ब्रेक थ्रु’को रूपमा दुई अमेरिकी रिहा भए। यसले त्यो पाइलट परियोजना सफल हुने विश्वास सबैमा जागेको थियो। यसपछि नै धेरै जना रिहाइका लागि तीव्र रूपमा काम अघि बढेको थियो।

इजरायलको तर्फबाट वार्ताको नेतृत्व डेबिड बर्नीयाले गरेका थिए। उनले लगातार सिआइएसँग सम्पर्क गर्दै कामको बारे जानकारी लिने र दिने गरेका थिए। यो काम एकदमै सावधानी पूर्वक गरिएको थियो। हरेक सूचना दोहा या कायरो हुँदै हमासकोमा पुग्न जरुरी पनि थियो।

२३ अक्टोबरमा पहिलो ‘ब्रेक थ्रु’को रूपमा दुई अमेरिकी रिहा भए। यसले त्यो पाइलट परियोजना सफल हुने विश्वास सबैमा जागेको थियो। यसपछि नै धेरै जना रिहाइका लागि तीव्र रूपमा काम अघि बढेको थियो।

यो वार्ता एकदमै चलाखीपूर्ण ढङ्गले अघि बढेको थियो। सबै विवरण जोगाएर सावधानी पूर्वक सङ्ख्यामा समेत सहमति हुने गरी अघि बढाइएको थियो।

अमेरिकी अधिकारीकै अनुसार गम्भीर समयमा राष्ट्रपति जो वाइडेनले नै इजरायल र कतारसँग सम्पर्क गर्ने गरेका थिए। वाइडेनले नै मानवताका खातिर केही दिन युद्ध रोकेर मात्र बन्दी रिहाइको सम्भावना देखेका थिए। उनैले यो योजना बनाएका थिए। हमासले धेरै बन्दी रिहाइ गर्दा यसको बदलामा के गर्ने भन्ने बारेमा पनि बहुतै सावधानी अपनाएर काम गर्ने योजना वाइडेन प्रशासनले बनाएको थियो।

‘युद्ध विरामकै समयमा अझ धेरै बन्दीको रिहाइ हुने कुरामा हामीलाई विश्वास छ,’ वाइडेन प्रशासनले जनाएको छ। पहिलो चरणको ५० जनामा को हुने भन्ने बारेमा अझै प्रस्ट भएको छैन। तर वाइडेनले बिस्तारै सबै बन्दी रिहाइ हुने विश्वास गर्दै कतारका अमिरलाई कल गरेर डेडलक खुलेको बताएका छन्।

नोभेम्बरको मध्यमा वार्ता केही समय नबढ्ने हो कि भन्ने सम्भावना पनि नदेखिएको होइन। परन्तु सोही समयमा इन्धनको कमीले गर्दा गाँजामा समस्या देखिएको थियो। यस समस्याका कारण हमास वार्ताका लागि अग्रसर हुन दबाबसमेत परेको थियो।

अमेरिकी अधिकारीकै अनुसार गम्भीर समयमा राष्ट्रपति जो वाइडेनले नै इजरायल र कतारसँग सम्पर्क गर्ने गरेका थिए। वाइडेनले नै मानवताका खातिर केही दिन युद्ध रोकेर मात्र बन्दी रिहाइको सम्भावना देखेका थिए। उनैले यो योजना बनाएका थिए।

अमेरिका र इजरायलको हमाससँग ठुलो विरोध रहेका कारण यस वार्ताको क्रममा बिचमा रहेका धेरै दुरी घटाउन समय पनि लागेको थियो। यसै वार्ताको क्रममा युद्धको अन्त्यका बारे पनि अनुमान भएको थियो। वाइडेन प्रशासन भने युद्धको अन्त्यको बारे अहिले केही नसोचिएको बताउँछ। यसलाई ह्वाइट हाउसले प्रारम्भिक चरण मानेको छ। सबै बन्दी रिहाइ भएपछि मात्र युद्ध विरामको बारे सोच्न सक्ने जनाइएको छ।

अहिलेको सहमति अनुसार बिहीबार बिहान (१० बजे) स्थानीय समयबाट चार दिनको युद्ध विरामको समय सुरु भएको छ। १० दिन युद्ध रोक्ने सवालमा पनि छलफल नभएको होइन तथापि इजरायली अधिकारीले यसलाई अव्यवहारिक ठानेपछि चार दिनका लागि मात्र युद्ध रोक्ने सहमति भएको हो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सहमति लागु पछि प्रत्येक १० थप बन्दी रिहाइ गर्दा थप एक दिन युद्ध विराम गर्ने बताएका छन्। अहिले दैनिक ६ घण्टा गाँजामा ड्रोन आक्रमण रोक्ने पनि इजरायल र अमेरिकाले जनाएको छ।

वार्तामा कतारको तर्फबाट नेतृत्व गरीरहेका मोहम्मद अल खुलाइफीले थप वार्ताको ढोका खुलेको बताएका छन्। यो सहमतिले बन्दीको परिवारमा खुसीयाली छाएको छ। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले यसले प्यालेस्टाइनीलाई शान्तिको बाटो दिने बताएका छन्। कतारका प्रधानमन्त्रीले पनि युद्ध अन्त्यको बाटोमा जान सक्ने आशय व्यक्त गरिसकेका छन्।

१० दिन युद्ध रोक्ने सवालमा पनि छलफल नभएको होइन तथापि इजरायली अधिकारीले यसलाई अव्यवहारिक ठानेपछि चार दिनका लागि मात्र युद्ध रोक्ने सहमति भएको हो।

जोर्डनका विदेश मन्त्रीले पनि यो सहमतिको स्वागत गरेका छन्। धेरै वैदेशिक नेताले यसलाई सकारात्मक कदमको रूपमा व्याख्या गर्न थालेका छन्। हरेक दिन १० जनाको दरले रिहाइ हुने छन्। दुवै पक्षले आफूले रिहाइ गरेकाको विवरण साँझमा रेडक्रसलाई बुझाउने छन्। रिहाइ भएका बन्दीलाई रेडक्रसले रफाहमा रहेका विशेष प्रशिक्षण युक्त इजरायली सेनालाई बुझाइने छ। सबैको परिचय पक्का नभई उनीहरूको परिवारलाई जानकारी नदिइने नीति लिइएको छ। त्यहीबाट विभिन्न अस्पताल तथा अन्य क्षेत्रमा उनीहरूलाई लगिने छ। करिब ६ साताको अन्तरालमा उनीहरूले आफ्नो परिवारसँग भेट्न पाउने छन्।

हमासले २६ विदेशी सहमति गाँजामा २ सय ३९ जनालाई बन्दी बनाएको छ। ७ अक्टोबरका दिन हमासले गरेको आक्रमण सन् १९४८ मा इजरायल स्थापना भए यताकै सबै भन्दा ठुलो थियो। सो आक्रमणमा १ हजार २ सय हाराहारीमा ज्यान गएको थियो। त्यसको प्रत्याक्रमण स्वरूप भएको आक्रमणमा पनि १ हजार २ सय जना भन्दा बढीको ज्यान गएको छ। खाद्यान्न र अति आवश्यक वस्तुको आपूर्तिमा आएको सङ्कटका कारण गाँजाको जनजीवन त्यस यता अत्यन्त कष्टप्रद बनेको छ। बिहीबार रिहाइ हुनेमा तीन बर्सिया अमेरिकी एबीगल एडन समेत रहेका छन्।

हरेक दिन १० जनाको दरले रिहाइ हुने छन्। दुवै पक्षले आफूले रिहाइ गरेकाको विवरण साँझमा रेडक्रसलाई बुझाउने छन्। रिहाइ भएका बन्दीलाई रेडक्रसले रफाहमा रहेका विशेष प्रशिक्षण युक्त इजरायली सेनालाई बुझाइने छ।

अहिले बन्दीका परिवार अधैर्य भएर आफन्तलाई पर्खी रहेका छन्। यसै मध्येका अनात मसेस सोसानीले किबुजबाट बन्दी बनाइएकी हजुरआमाको आशा मारी सकेका थिए। उनमा अहिले फेरि आशा पलाएको छ।त्यसो त तीन बर्सिया अडानकी कान्छी हजुरआमा लिज हिर्स नफतालको पनि खुसीको सीमा छैन। इजरायलले अहिले दोस्रो चरणमा पनि रिहाइको कार्यक्रम हुन सक्ने जनाउँदै नामावली तयार पारेको छ। अहिले बन्दी बनाइएका धेरै प्यालेस्टाइनी भने टिनएजर छन्।

त्यहाँ अहिले क्षेत्रीय शान्तिको मुद्दा मात्र होइन अन्य धेरै कुरा उठेको छ। हतियारको निःशस्त्रीकरण र आतङ्कवाद निर्मूलको प्रसङ्ग पनि उठेको छ।

अहिले इजरायलको जेलमा ८ हजार ३ सय जना रहेका छन्। यिनीहरूको रिहाइ पनि अबको मुद्दा बन्न सक्ने छ। अहिलेको यो युद्ध विराम एउटा सङ्केत हो। परन्तु सन् १९४८ मा इजरायलको स्थापना यता कतै न कतै गाँजमा अशान्ति छ। स्थायी शान्तिको विषय अब भने उठेको छ। स्रोतः बीबीसी, सीएनएन

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ०५ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि