महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने करदाता सम्मानित « Khabarhub

महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने करदाता सम्मानित


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने ४ जनालाई करदाता सेवा कार्यालयले सम्मान गरेको छ । करदाता सेवा कार्यालय जनकपुर र बर्दिबासले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका उत्कृष्ट कर तिर्ने व्यापारी तथा संस्थाहरूलाई सम्मान गरेको हो ।

१२ औ कर दिवसको अवसरमा महोत्तरी कै सबैभन्दा बढी कर दाखिल गरेबापत आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा रक्षा टेडर्स एण्ड सप्लायर्सका सञ्चालक कुमार भण्डारीलाई सम्मान गरेको छ भने बर्दिवास सेवा कार्यालयले अन्य ३ जनालाई  पनि सम्मान गरेको छ ।

बर्दिवास सेवा कार्यालयबाट सम्मानित हुनेहरूमा महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था, भावना आयल स्टोर्स र विकि कुखुरा तथा मतस्य फर्म गौशाला रहेका छन । बर्दिवास सेवा कार्यालय अन्तर्गत गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र मिथिला नगरपालिका निर्धारण गरिएको छ ।

जसमध्य धनुषाको मिथिलावाट पनि ३ वटा संस्था सम्मानित भएका छन । सम्मानित हुनेहरुमा पशुपति प्लाई बोर्ड  उद्योग प्रा.लि, लालगढ मेडिकल हस्पिटल र मिथिला लघुवित्त वित्तिय संस्था रहेको करदाता सेवा कार्यालयका प्रमुख रवि श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार