दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन « Khabarhub

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार दिउँसो तीनकुनेमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नो निवासबाट बाहिर निस्किएका छैनन् । घरैमा प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको उनले बताएकमा छन् । आफूलाई गिरफ्तार गरे पनि कार्यक्रम नरोकिने प्रसाईको भनाइ छ ।

तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने प्रसाईलाई घर बाहिर निस्कन निषेध नगरेको जनाएको छ । त्रिभुवन विमानस्थलको छेवैमा रहेको तीनकुनेमा हिंसा भड्काउने अभिव्यक्ति दिने खालको प्रदर्शनमा भने रोक लगाइएको जिल्ला प्रशासनको भनाइ छ ।

दुर्गा प्रसाईले शुक्रबार ११ बजे भात खाएर तीनकुनेमा भेला हुन समर्थकहरुलाई आग्रह गरेका थिए । १० बजे गौशालामा भेला भएर तीनकुनेतर्फ आउने प्रसाईका समर्थकहरुको तयारी थियो ।

तर, सो क्षेत्रमा अहिले सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् । यातायातका साधन निर्वाध चलिरहेका छन् । ११ बजेसम्म प्रदर्शनकारीहरु देखिएका छैनन् ।

प्रसाईँले भने  पूर्वअनुमति दिएर प्रशासनले कार्यक्रम गर्न नदिएको आरोप लगाएका छन् ।

याे पनि…..

प्रसाईँले भने– पूर्वअनुमति दिएर कार्यक्रम गर्न दिइएन  

आखिर तीनकुनेमा प्रदर्शन गर्न जिल्ला प्रशासनले किन रोक लगायो त ? काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यको प्रतिक्रिया यस्तो छ–

हिजो हामीले १२/१ बजेसम्म पर्खियौँ । उहाँहरूका तर्फबाट तीनकुनेमा कार्यक्रम गर्ने सन्दर्भमा प्रशासनसँग कुनै पनि अनुमति नलिई, कुनै सम्पर्क समन्वय जानकारी आएन । मिडियामा जुनखालको अराजक र उत्तेजक किसिमको अभिव्यक्ति आयो, त्यसपछि हामीले पूर्वआकलन गरेर तीनकुनेमा कार्यक्रम गर्न नदिने भएका छौँ । किनकि उनको कार्यक्रम सामाजिक सञ्जालबाट उत्तेजक, अराजक र हिंसा भड्काउने अभिव्यक्ति मात्र भयो ।

तीनकुने अन्तर्राष्ट्रिय एयरपोर्ट नजिक पनि भएकोले त्यस्तो ठाउँमा यस्तो गतिविधि गर्न हुँदैन । शान्तिपूर्ण कार्यक्रमका लागि भनेर उहाँहरूले समन्वय गरेको भए हामीले उपलब्ध गराउँथ्यौँ । कुनै पनि समन्वय नभएकाले उहाँहरूले पूर्ववत् रूपबाट बल्खुमा नै कार्यक्रम गर्न सक्नु हुन्छ । पछि उहाँहरूलाई उपयुक्त ठाउँहरू भयो भने प्रशासनको समन्वयमा हामीले संविधानअनुसार भेला, जम्मा हुने, विरोध प्रदर्शन गर्न पाउने अधिकारको व्यवस्था गर्छौं र सुरक्षा पनि प्रदान गर्छौँ ।’

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ५४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस