छरुवा धानखेतीको सफल परीक्षण, उत्पादकत्व बढ्ने अनुमान « Khabarhub

छरुवा धानखेतीको सफल परीक्षण, उत्पादकत्व बढ्ने अनुमान


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाईमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिएका । 

उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो । प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उनको भनाइ थियो । ‘यो प्रविधिबाट धानखेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ’, निमित्त प्रमुख विष्टले भने, ‘यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।’

छरुवा धानखेतीका लागि  मुख्य समस्या झार रहेको छ । कृषकले झार व्यवस्थापन गर्नसके कम लागतमा राम्रो उत्पादन लिनसक्ने उनले उल्लेख गरे। धान रोप्न आधुनिक उपकरणबाट गरिएको खेतीसमेत राम्रो भएको छ । किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञानकेन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा आधुनिक उपकरणमार्फत धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेको थियो । उक्त धान खेतीमासमेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताएका छन्।

उपकरणका माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ । यसरी धान रोप्नका लागि प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वषमा रू १० लाख अनुदानसमेत उपलब्ध गराउने भएको छ ।

चैते धान रोप्ने कृषकलाई उपकरण प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको उनले जानकारी दिए। 

उत्पादकत्व बढ्ने अनुमान

झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष चार लाख ३० हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने कृषि ज्ञानकेन्द्रको प्रारम्भिक अनुमान छ । गत वर्ष जिल्लामा धानको उत्पादन चार दशमलव ८९ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यो वर्ष पाँच मेट्रिकटन पुग्ने कार्यालयले जनाएको छ ।

‘नमूना सङ्कलन गरिरहेका छौँ’, निमित्त प्रमुख विष्टले भने, ‘यो वर्ष धान उत्पादन बढी भएको पाएका छौँ, चार-पाँच दिनमा यकीन तथ्यांक आउँछ ।’ जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दीबारीलगायत स्थानको नमूना संकलन गर्दा उत्पादन राम्रो भएको पाइएको उनको भनाइ थियो।

जिल्लाको ८७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यो वर्ष ८५ हजार सात ५० हेक्टरमा धानखेती गरिएको छ । पन्ध वटा पालिकामध्ये सबैभन्दा बढी गौरीगञ्ज र सबैभन्दा कम दमकमा धानखेती भएको कार्यालयले जनाएको छ

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : २८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक