गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा, हमासले आजै १३ बन्धक रिहा गर्ने « Khabarhub

गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा, हमासले आजै १३ बन्धक रिहा गर्ने


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । स्थानीय समयअनुसार शुक्रबार ७ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूह हमासले प्रथम चरणमा १३ जना बन्धक रिहा गर्ने जनाएको छ । उनीहरुलाई स्थानीय समयअनुसार आजै ४ बजेभित्र रिहा गरिसक्ने तय भएको छ । त्यसैगरी, इजरायली जेलमा रहेका केही बन्दीहरुलाई पनि रिहा गरिने छ ।

आगामी ४ दिनसम्म हमासले ५० जना इजरायली बन्धक रिहा गर्नेछ । हमासले रिहा गर्ने बन्धकमा महिला र केटाकेटी रहेको जनाइएको छ ।

युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै उत्तरी गाजामा इजरायली हवाई आक्रमण रोकिएको लेबनानी टेलिभिजन च्यानल अल मयादिन टेलिभिजनले जनाएको छ ।

यससँगै पछिल्लो ४८ दिनदेखि जारी युद्धबाट इजरायल र प्यालेस्टाइनी जनताले केही राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ३१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली