गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा, हमासले आजै १३ बन्धक रिहा गर्ने « Khabarhub

गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा, हमासले आजै १३ बन्धक रिहा गर्ने


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । स्थानीय समयअनुसार शुक्रबार ७ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूह हमासले प्रथम चरणमा १३ जना बन्धक रिहा गर्ने जनाएको छ । उनीहरुलाई स्थानीय समयअनुसार आजै ४ बजेभित्र रिहा गरिसक्ने तय भएको छ । त्यसैगरी, इजरायली जेलमा रहेका केही बन्दीहरुलाई पनि रिहा गरिने छ ।

आगामी ४ दिनसम्म हमासले ५० जना इजरायली बन्धक रिहा गर्नेछ । हमासले रिहा गर्ने बन्धकमा महिला र केटाकेटी रहेको जनाइएको छ ।

युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै उत्तरी गाजामा इजरायली हवाई आक्रमण रोकिएको लेबनानी टेलिभिजन च्यानल अल मयादिन टेलिभिजनले जनाएको छ ।

यससँगै पछिल्लो ४८ दिनदेखि जारी युद्धबाट इजरायल र प्यालेस्टाइनी जनताले केही राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ३१ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०