सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि  « Khabarhub

सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि 


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिस्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजलाई मान्यता प्रदान गरेको छ । बुधबार टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोहबीच उक्त वर्कसपको उद्घाटन गरेका छन् ।

सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई सहज तथा आफ्नो स्थानमा सुविधाहरू प्रदान गर्ने उद्देश्यअनुरूप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो । हाल नेपाल भरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरीग्राहकहरुलाई सहजरुपमा सेवा सुविधाहरु प्रदान गरिरहेको छ । 

नेपालभर सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरू रहेका छन् ।

टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड शर्माले टाटा गाडी बिक्रि गर्नुमात्र आफ्नो उद्देश्य नभई आजको आवश्यकतालाई पहिचान गरी कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड दिएको बताए ।

त्यसैगरी उपमेयेर राईले यस्ता व्यवसायहरुको स्थानिय स्तरमा निकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । स्थानिय युवाहरुलाई देशमा नै स्वरोजगार बनाइ राष्ट्र निर्माणको बाटो रोजेकोमा शुभका दिइन् ।

लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ्ग डाइरेक्टर लक्ष्मी नारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरुलाई अवलम्बन गर्दे ग्राहकहरूलाई उच्च कोटीको सेवा प्रदान गर्नमा  प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा