तीनकुनेबाट शाही युवा शक्तिका अध्यक्ष खड्कासहित ५ जना पक्राउ « Khabarhub

तीनकुनेबाट शाही युवा शक्तिका अध्यक्ष खड्कासहित ५ जना पक्राउ


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्गा प्रसाईँले शुक्रबार तीनकुनेमा आह्वान गरेको प्रदर्शनमा सहभागी हुन पुगेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँले राजतन्त्र पुनर्स्थापनको माग राख्दै आह्वान गरेको प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका शाही युवा शक्ति नेपालका नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुङ्गेलका अनुसार पक्राउ पर्नेमा अध्यक्ष पशुपति खड्कासहित मनिन्द्रराज भण्डारी, आभास खड्का, अनुप शाहीलगायत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं तीनकुनेमा प्रसाईँलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । उनीहरुले भने प्रदर्शन गर्न तीनकुने पुगेका थिए । 

उनीहरुको पक्राउबारे एसपी ढुंगेलले खबरहबसँग भने, ‘त्यहाँ प्रदर्शन गर्न अनुमति पनि छैन । उनीहरूको हिजोको हर्कतले गर्दा हामीले नियन्त्रणमा लिएका हौं ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रसाईंलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ५८ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो