बोलचाल बन्द भएका कार्तिकलाई करणले दिए फिल्म | Khabarhub Khabarhub

बोलचाल बन्द भएका कार्तिकलाई करणले दिए फिल्म


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड निर्देशक करण जोहर र अभिनेता कार्तिक आर्यनबीचको सम्बन्धमा सुधार आएको छ । करणले कार्तिकको जन्मदिनको मौका पारेर उनकै प्रमुख भूमिकामा नयाँ फिल्मको घोषणा गरेपछि उनीहरुको मनमुटाव सकिएको बताइएको छ ।

करणले कार्तिकलाई लभ इमोजीसहित ‘हाम्रो सहकार्यलाई बलियो बनाउँदै लैजानुपर्छ’ भनेर शुभकामना दिएका कारण पनि उनीहरुको सम्बन्धमा सुधार आएको प्रस्ट हुन्छ ।

करणको धर्मा प्रोडक्सन र बालाजी टेलिफिल्मसको संयुक्त ब्यानरमा बन्ने फिल्मको नाम भने तोकिएको छैन । यद्यपि सन्दीप मोदीको निर्देशन रहने यो फिल्मको प्रदर्शन मिति भने २०२५ अगस्ट १५ लाई तय गरिएको छ ।

यस फिल्मलाई लिएर धर्मा प्रोडक्सनले कार्तिकलाई अनुबन्ध गरेको जानकारी दिँदै भनेको छ, ‘हामी नयाँ फिल्म निर्माणको घोषणा गर्न पाउँदा हर्षित छौं ।’

के कुरामा भएको थियो मनमुटाव ?

करण जोहरलाई बलिउडको ‘पावरफूल’ निर्माता र निर्देशक मानिन्छ । उनीसँगको दुस्मनी अन्य कलाकारको ‘करिअर’ नै संकटमा पर्ने सम्मको विश्लेषण गरिन्छ ।

कार्तिक फिल्म ‘दोस्ताना २’ मा सन् २०१९ मा दुई करोडमा अनुबन्ध भएका थिए । तर यस फिल्मको टोली सुटिङमा निस्केपछि करणले कार्तिकलाई २०२१ अप्रिलमा फिल्मबाट निकालेको घोषणा गरेका थिए ।

यसै कारण यी दुईको मनमुटाव सुरु भएको हो । यही समयमा करणले अब धर्मा प्रोडक्सनको ब्यानरबाट बन्ने फिल्ममा कार्तिक नदेखिने बताएका थिए । उदाउँदो करिअर बेला करणसँगको दुस्मनी कार्तिकलाई महँगो पर्ने भन्ने आँकलन गरिएको थियो ।

त्यसबेला कार्तिकले व्यवसायिक चरित्र नदेखाएको धर्मा प्रोडक्सनको आरोप थियो । कार्तिक दोस्तना २ को चलचित्रमा अनुबन्ध हुँदा चल्तीको नायक नभएकाले सस्तो रकममा सम्झौता गरेका थिए । दुई वर्षको व्यवसायिक करिअर फस्टाएकाले पारिश्रमिक २० करोड पुर्‍याउन उनले निर्माण पक्षलाई दबाब दिएका थिए र कोरोना महामारीको कारण देखाएर सुटमा समेत गएका थिएनन् ।

तर सोही समयमा कार्तिक ‘धमाका’ फिल्मको सुटिङका व्यस्त रहेको थाहा पाएपछि करण बिच्किएका थिए ।

करण र कार्तिकको सम्बन्ध चिसिनुको अर्को कारण अविश्वास पनि हो । कार्तिकले दोस्तना २ मा पहिलाकै पारश्रमिकमा काम गर्ने तर धर्मा प्रोडक्सनबाट बन्ने अर्को फिल्म अनुबन्ध गर्न दबाब दिए ।

‘टेबुल टक’ मा कार्तिकको यो दबाबपछि करणले आफूलाई नवनायकले अविश्वास गरेको ठहर गर्दै उनीसँग काम नगर्ने निर्णय लिए । उनीहरुको बोलचालसम्म बन्द भयो ।

बलिउडमा धर्मा प्रोडक्सनको ब्यानरमा काम गर्न स्थापित नायक–नायिका पनि लालायित हुन्छन् । तर, उदाउँदो करिअरकै बेला कार्तिकले ठूलो ब्यारको चलचित्र बार्गेनिङ गरेर छोडे । करणसँगको दुस्मनी कार्तिकलाई महँगो सावित हुने धेरैको अनुमान थियो ।

सम्बन्धमा सुधार

कार्तिले करण जोहोरसँगको मनमुटावका बारेमा मिडियामा बोल्न चाहेका थिएनन् । सायद उनलाई करण जोहोरसँगको दुश्मनीले करिअरमा धक्का लाग्ने डर थियो । अर्को कुरा उनी धर्मा प्रोडक्सनसँगको सहकार्य टुङ्ग्याउन चाहँदैन थिए ।

तर, करणले भने कार्तिकसँगको असन्तुष्टि मिडियामा घुमाउरो तरिकाले पोख्दै आएका थिए । उनले एक कार्यक्रममा भनेका थिए– आजभोलि हिरोहरु डेढ करोड लिनुपर्नेमा २० करोड डिमान्ड गर्छन् ।

उनको यो अभिव्यक्ति कार्तिक लक्षित हो भनेर धेरैले शंका गरेका थिए । किनभने कार्तिकलाई उनले पैसाकै कारण निकालेका थिए । रकम पनि यही घटनासँग मिल्दोजुल्दो थियो ।

रजत शर्मासँगको एक अन्तर्वार्तामा कार्तिकले करण जोहरसँगको चिसिएको सम्बन्धका बारेमा भनेका थिए, ‘कहिलेकाहीँ ठूलो र सानो मान्छेबीच यस्तो विवाद हुन्छ । यस्तोमा सानो मान्छे चुप बस्नुपर्छ । यो मेरो आमाले सिकाएको संस्कार हो । त्यही भएर म करणका बारेमा बोल्दिनँ ।’

कार्तिकको यस्तै लचकताले उनीहरुको सम्बन्ध सुधार आएको बुझिएको छ । अहिले उनीहरुको सम्बन्ध सुधार आएको करणले कार्तिकलाई दिएको शुभकामनाले पनि प्रष्ट हुन्छ । करणले कार्तिकलाई शुभकामनाले प्रष्ट भएको छ ।

केहीले करणसँग सम्बन्ध सुधार गरेर कार्तिकले आफ्नो करिअर जोगाएको बताएका छन् । जुन, धर्मा प्रोडक्सनले कार्तिकलाई नयाँ फिल्ममा लिएको जानकारी गराएको इन्स्टाग्राम पोस्टको कमेन्ट पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : १७ बजे

भिमाका परिवारलाई प्रतिवादीबाट १५ लाख भराउन अदालतको आदेश

सुर्खेत– जिल्ला अदालत सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु

प्रधानमन्त्रीले भने- द्वन्द्वकालका अमानवीय र जघन्य अपराधमा माफी हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसक्यो : श्रममन्त्री भण्डारी 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार

फिल्म ‘लाज शरणम्’ले मनायो ५१ औँ दिन

काठमाडौं – हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’को डेब्यू निर्देशन रहेको

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

रामपुर– शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण