केपी ओली कप : लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा | Khabarhub Khabarhub

केपी ओली कप : लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।

यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ । पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो ।

बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए भने सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : ३८ बजे

बजेटमा दुग्ध व्यवसायीका अपेक्षा – भ्याट र विद्युत महसुल छुट (भिडियोसहित)

काठमाडौं – नेपालमा डेरी (दूग्ध) व्यवसाय अहिले निकै समस्यामा रहेको

सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार

उडुसले दुःख दिएको छ ? यसरी भगाउनुस् !

उडुसको बारेमा सोच्दा पनि कतिपयलाई रातभर निद्रा नै लाग्दैन ।

अपराध अदालतको घोषणाले ल्याएको तरंग

युद्ध अपराध र मानवता विरोधी अपराधका कारण जेल जान सक्ने