आवश्यक परे हजारौं मान्छेलाई सडकमा उतार्छौँं : महेश बस्नेत « Khabarhub

आवश्यक परे हजारौं मान्छेलाई सडकमा उतार्छौँं : महेश बस्नेत


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका युवा नेता महेश बस्नेतले आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवा संघले राजधानी केन्द्रीत कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे मुलुकको रक्षाका लागि सिटी बजाएकै भरमा हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका हुन् ।

उनले अब रचनात्मक काम गर्ने गरी तयारी भइरहेको जानकारी दिए । नेता बस्नेतले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेकाले साइबर सर्कललाई व्यवस्थित गर्नुपर्ने बेला आएको जिकिर गरे ।

उनले एमालेविरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । बस्नेतले पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गरे ।

उनले मुलुक गलत बाटोमा जान खोजेको अवस्थामा सही ढंगले मुलुकलाई अघि बढाउन युवा संघभित्रको एकता र शुद्धिकरणलाई मजबुद बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।