आवश्यक परे हजारौं मान्छेलाई सडकमा उतार्छौँं : महेश बस्नेत « Khabarhub

आवश्यक परे हजारौं मान्छेलाई सडकमा उतार्छौँं : महेश बस्नेत


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका युवा नेता महेश बस्नेतले आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवा संघले राजधानी केन्द्रीत कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे मुलुकको रक्षाका लागि सिटी बजाएकै भरमा हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका हुन् ।

उनले अब रचनात्मक काम गर्ने गरी तयारी भइरहेको जानकारी दिए । नेता बस्नेतले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेकाले साइबर सर्कललाई व्यवस्थित गर्नुपर्ने बेला आएको जिकिर गरे ।

उनले एमालेविरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । बस्नेतले पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गरे ।

उनले मुलुक गलत बाटोमा जान खोजेको अवस्थामा सही ढंगले मुलुकलाई अघि बढाउन युवा संघभित्रको एकता र शुद्धिकरणलाई मजबुद बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : २८ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि