चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त « Khabarhub

चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘फर्की–फर्की’को छायंकन मंसिर ११ गतेदेखि हुने भएको छ ।

ललितपुरको बंगलामुखीमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । सुयोग गुरुङको निर्देशन रहने यो चलचित्र ‘कमर्सियल लभ स्टोरी’ को प्याकेज रहने निर्माण पक्षले बताएको छ ।

शुभ मुहूर्त नायक अनमोल केसीले यस चलचित्रमा दर्शकले हेर्न चाहेको र रुचाएको ‘लभर बोइ’ को भूमिकामा देखिने जानकारी दिए । उनले थपे, ‘धेरै पछि काममा पर्किएको छु । मलाई मरो दर्शकले लभ स्टोरीमा हेर्न खोज्नुभएको थियो । सोही कारण यो फिल्ममा फर्किएँ ।’

रोमान्टिक ड्रामा भएकाले आफू यस चलचित्रमा काम गर्न लागेको नायिक जसिता गुरुङले बताइन् । अनमोल र जसिता पहिलो पटकसँगै चलचित्रमा काम गर्न लागेका हुन् ।

यस चलचित्रमा निर्मल शर्मा केही नयाँ कलाकारको पनि अभिनय रहनेछ । पछिल्लो समय फल्प फिल्मको शिकार भएका अनमोन यही चलचित्रबाट ‘कमब्याक’ गर्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको