माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश | Khabarhub Khabarhub

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डलालगायत संवेदनशील क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लगायतले दायर गरेको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जरुरी गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ । विपक्षीहरुको लिखित जवाफ पेश भएपछि संयुक्त इजलासमा यी रिटहरुमाथि सुनुवाइ भइ अन्तरिम आदेश जारी हुने वा नहुने टुंगो लाग्नेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ०६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार