घृणायुक्त अभिव्यक्ति नदिन आयोगको आग्रह « Khabarhub

घृणायुक्त अभिव्यक्ति नदिन आयोगको आग्रह


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति नदिन आग्रह गरेको छ । मंसिर ७ गते भएका प्रदर्शनका क्रममा र त्यसपछि सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएको भन्दै आयोगले यस्ता अभिव्यक्ति बन्द गर्न आग्रह गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले मंसिर ७ गते राष्ट्रिय युवा संघ र राष्ट्र राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ अभियानले गरेका प्रदर्शन र तत्पश्चात सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज मंसिर ८ गते दुर्गा प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईंको भक्तपुरस्थित निवास क्षेत्रको अनुगमन गरेको आयोगले जनाएको छ । अनुगमनका क्रममा तीनकुनेमा प्रदर्शनका लागि भेला भएकाहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रदर्शनमा रोक लगाएको पाइएको आयोगले जनाएको छ ।

मंसिर ७ गते भएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुबै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य, मान्यता र मर्यादा विपरीत एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको र यसबाट बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भइ झडप हुँदा केही व्यक्तिहरु घाइते समेत भएको आयोगले जनाएको छ ।

राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिहरु लक्षित गाली गलौज र घृणा फैलाउने अभिव्यक्तिहरुसहितका पोष्टर तथा श्रव्यदृश्य सामग्रीहरु विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको भन्दै आयोगले यसप्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य मान्यताविपरीत रहेको उल्लेख गरेको छ ।

आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्य मान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस घृणा फैलाउने किसिमका पोष्टर तथा श्रव्यदृश्य सामाग्रीहरु सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोगले प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।

साथै, आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ०० बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको