दक्षिण अफ्रिकी पारालेम्पियन पिस्टोरियस जमानतमा रिहा हुने « Khabarhub

दक्षिण अफ्रिकी पारालेम्पियन पिस्टोरियस जमानतमा रिहा हुने


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

प्रिटोरिया- आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भइ विगत १० वर्षदेखि जेल जीवन बिताइरहेका दक्षिण अफ्रिकाका पारालेम्पियन ओस्कर पिस्टोरियस जमानतमा रिहा हुने भएका छन् । उनलाई रिहा गर्नेबारे शुक्रबार निर्णय भएको दक्षिण अफ्रिकाको सुधार विभागले जनाएको छ । उनलाई आगामी जनवरी ५ का दिन रिहा गरिनेछ ।

सन् २०१३ को भ्यालेन्टाइन डेका दिन गोली हानी प्रेमिका रिभा स्टिनक्याम्पको हत्या गरेको आरोपमा उनलाई सन् २०१४ को अन्त्यमा कारावासको सजाय सुनाइएको थियो । उनको कारावासको सजाय सन् २०२९ डिसेम्बर ५ मा सकिँदैछ ।

जमानतमा रिहा भएपनि उनीमाथि निगरानी जारी राखिने र उनले प्रिटोरिया सहरबाहिर जान नपाउने समाचार संस्था एपीले जनाएको छ । क्रोध व्यवस्थापन र महिलाविरुद्ध हिंसाबारे उनलाई प्रशिक्षण दिइने दक्षिण अफ्रिकाका सुधार विभागका प्रवक्ता सिङ्गाबाखो न्क्सुमालोले जानकारी दिए । जमानतमा रहँदा उनले सामुदायिक सेवासमेत गर्नुपर्ने छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ५२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा