गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : महामन्त्री थापा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताए ।

नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताए । नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको जानकारी दिए ।

‘नेपाली कांग्रेसले सङ्कल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौँ । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पाटी कांग्रेस मात्र हो’ उनले भने ।

हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताए । कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उनको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले परिवर्तनको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताए। कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले लोकतन्त्रमा नेताहरु झुपडीमा बस्ने र जनता महलमा बस्नुपर्नेमा अहिले नेताहरु महलमा बस्ने र जनताले सिटामोल नपाउने अवस्थाले असन्तुष्टि बढेको बताए । कांग्रेसले सबै जनतालाई महलमा बसाउन चाहेको उनको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले लोतन्त्रको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । उनले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सृजना गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ४४ बजे

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न