गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : महामन्त्री थापा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताए ।

नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताए । नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको जानकारी दिए ।

‘नेपाली कांग्रेसले सङ्कल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौँ । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पाटी कांग्रेस मात्र हो’ उनले भने ।

हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताए । कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उनको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले परिवर्तनको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताए। कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले लोकतन्त्रमा नेताहरु झुपडीमा बस्ने र जनता महलमा बस्नुपर्नेमा अहिले नेताहरु महलमा बस्ने र जनताले सिटामोल नपाउने अवस्थाले असन्तुष्टि बढेको बताए । कांग्रेसले सबै जनतालाई महलमा बसाउन चाहेको उनको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले लोतन्त्रको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । उनले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सृजना गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ४४ बजे

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार