हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

हङकङ- अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन् । शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

सोही बसमा चढेका अन्य चार जनालाई प्रहरीले खोजिरहेको छ । प्रहरी आउनुअघि नै उनीहरु फरार भएका थिए ।

बस चढेका गैरचिनियाँहरुको समूह अवैधानिक रुपमा सहर छिरेको आशंकामा स्थानीयले प्रहरलिाई खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । पक्राउ परेकाहरुबाट प्रहरीले पाकिस्तानी राहदानी बरामद गरेको थियो । पक्राउ परेकाहरु उनीहरु २२ देखि २४ वर्ष उमेर समूहका रहेको जनाइएको छ ।

यस वर्षको १० वर्षमा मात्रै हङकङमा करिब १ हजार विदेशी नागरिकलाई अवैधानिक रुपमा सहर प्रवेश गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमध्ये अधिकांश पाकिस्तानी, बंगलादेशी र भियतनामी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको