सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्छ : अष्टलक्ष्मी शाक्य | Khabarhub Khabarhub

सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्छ : अष्टलक्ष्मी शाक्य


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज यहाँ आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्ने बताइन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,’ उनले भनिन् ‘संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल मिल्नैपर्छ ।’

नेकपा एमालेकी स्थायी समिति सदस्य विन्दा पाण्डेले संविधानमा व्यवस्था भएको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैँ स्पष्ट हुनुपर्ने बताइन् । उनले लिङ्गभेदको अन्त्य गर्ने कामको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ३२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड