हिरानीको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म « Khabarhub

हिरानीको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – डिसेम्बर २१ मा बलिउडका बादशाह शाहरूख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै एक्साइटेड छन् ।

राजु हिरानीको निर्देशनमा शाहरुखले पहिलो पटक काम गरेका हुन् । तर यो फिल्म उनले कसरी पाए ? के कारणले गर्दा शाहरुख र राजुसँगै आए । यस्ता कुराहरूको खुलासा शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तर सेसनमा गरेका थिए ।

हरेक फिल्म रिलिज हुनु अघि शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तरको एउटा सेसन राख्छन् । यसमा उनले आफ्ना फ्यानहरूले सोधेको प्रश्नको उत्तरमा रमाइलो जवाफ दिन्छन् । यही सेसनमा शाहरुखलाई सोधिएको थियोः यस पटक राजकुमार हिरानीले तपाईँलाई अप्रोच गरे कि तपाईँले हिरानी सरलाई ? यसको जवाफ दिँदै शाहरुखले रमाइलो अन्दाजमा जवाफ दिए, ‘मैले राजकुमार हिरानीको घरको अगाडि टेन्ट लाएको थिँए । त्यही कहानी सुनियो अनि साइन पनि त्यही गरियो । एडिटिङ्ग पनि त्यही चलिरहेको छ ।’

अर्का एक युजरले टम क्रुजले मोटरसाइकलबाट हामफालिरहेको एक्सन सीनको फोटो शेयर गर्दै उनलाई सोधेका थिए, ‘के तपाईँले पनि यस्तो केही गर्ने सोच्नु भएको छ, जस्तो टम क्रुजले मिसन इम्पोशिबल ७ मा गरेका थिए ? ’ यसको जवाफमा भने शाहरुखले आफूसँग त मोटरसाइकल नै छैन यार भनेका थिए ।

अर्का एक युजरले भने लुटपुट गीतमा बच्चाको जस्तो इलेक्ट्रिफाइङ एनर्जी कहाँबाट आयो भनेर सोधेका थिए । यसको जवाफमा शाहरुखले आफ्नो घरमा एउटा सानो बच्चा छ, त्यही बच्चाको सरलता र एनर्जी आफ्नो गीतमा हाल्न सकूँ भन्ने कोसिस गरेको बताए । फ्यानहरूलाई शाहरुखको हाजिरी जवाफको यो शैली निकै मन परिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ३६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन