नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउछौँ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउछौँ : स्वास्थ्यमन्त्री बस्नेत


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

शुक्रबार महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए।

‘मन्त्रालयले एक सयदेखि तीन सयसम्म शय्या भएका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने र तीन सय शय्यामाथिका अस्पतालमा चिकित्सा पढाउन पाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐन संशोधनको तयारीमा छौँ’, स्वास्थ्यमन्त्री उनले भने, ‘यसले गर्दा देशभित्रै आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन हुने र चिकित्सा शिक्षा अध्ययनका लागि अन्य देशबाट विद्यार्थी नेपाल आउँछन् । त्यसरी विदेश विद्यार्थी बढेपछि देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन्छ ।’

मन्त्री बस्नेतले इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीको सुधारका लागि उपलब्धमा रु २० लाखको बजेटमा थप रु १८ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।‘यस वडाको स्वास्थ्य केन्द्रको अवस्था नाजुक छ, नयाँ भवन निर्माणका लागि प्राप्त बजेटमा थप रु १८ लाख यही साताभित्र उपलब्ध गराउनेछौँ’, उनले भने । उनले देशको समग्र स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास थालिएको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ५५ बजे

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया