जलवायु परिवर्तनको असरबारे विश्वसामु कुरा राख्नुपर्छ : ओली « Khabarhub

जलवायु परिवर्तनको असरबारे विश्वसामु कुरा राख्नुपर्छ : ओली


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे सरकारले औपचारिक रूपमा विश्वसामु राख्नुपर्ने बताएका छन् ।

एमालेको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप–२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आज आयोजित विज्ञसँगको छलफल कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीय सङ्कट निम्तिन सक्ने बताउँदै नेपालले सङ्कट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कूटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताए ।

पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा सिन्धु ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा, डा महेश्वर ढकाल, नवराज पुडासैनी लगायतले विचार राखेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया